टोकियो – राजधानी टोकियोको शिन्जुकु वार्डस्थित जेआर सिनओकुबो स्टेशन नजिकैको रेलमार्गको ट्र्याक छेउमा रहेको एउटा भवनमा आगलागी हुँदा यामानोते लाइनको रेल सेवा प्रभावित भएको छ ।
महानगरीय प्रहरी कार्यालयले अनुसार रेलमार्गको ट्र्याक छेउमा रहेको तीन तल्ले भवनमा आगो लाग्दा सेवा अवरुद्ध भएको हो ।
घटना अप्रिल १५ को विहान ८ः४५ बजे भएको हो । आगलागी भएको कारणले यामानोते लाइनमा रहेका रेलको सबै सेवाहरू लगभग दुई घण्टा बन्द भएका थिए । अस्थायी रुपमा बन्द गरिएको सेवा बिहान १०:३० बाट पुन: सुचारु भएको छ । घटनाले रेलसेवा लिने करिव ५४ हजार मानिसहरूलाई असर पारेको थियो ।
आगलागीमा कुनै पनि मानवीय चोटपटक नभएको प्रहरीले जनाएको छ ।