शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – जापानी येनको तुलनामा अमेरिकी डलर २० वर्षयताकै महँगो बनेको छ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले पछिल्लो समय महँगी नियन्त्रण गर्न आक्रामक रूपमा ब्याजदर बढाउने नीति लिएको छ ।

तर जापानी केन्द्रीय बैंक भने मौद्रिक नीति खुकुलो नै बनाउने धारमा छ । दुई देशको ब्याजदरमा अन्तर । यो अन्तर झनै बढ्ने अनुमानबीच लगानीकर्ताहरूले धेरै नाफा कमाउन धमाधम डलर किनिरहेका छन् । यसले पनि येन दबाबमा आएको हो ।

बुधबार जापानमा १ डलरको भाउ १२६ येनमा पुगेको छ । अर्थात् जापानीहरूले एक डलर किन्ने १२६ येन खर्च गर्नु पर्नेछ । डलर येन विनिमय दर यस स्तरमा यस अघि सन् २००२ को मेमा थियो ।

तपाईको प्रतिक्रिया