Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जातीय नरसंहार गराएको अमेरिकी राष्ट्रपति जो बाइडनले आरोप लगाएका छन् । यसअघि उनले रुसलाई युद्ध अपराध गरेको बताएका थिए ।

बाइडनले सुरुमा उक्त टिप्पणी आयोवा राज्यमा बढ्दो इन्धन मूल्यसम्बन्धी नियन्त्रणका उपायहरू बताउने क्रममा गरेका थिए । त्यहाँ उनले अलिखित सम्बोधनका क्रममा अमेरिकी परिवारको बजेट र इन्धनको मूल्य तिर्ने क्षमता आधा संसार पर रहेको कुनै तानाशाहले छेडेको युद्ध र जातीय नरसंहारमा भर पर्न नहुने बताएका थिए ।

त्यसपछि उनले उक्त आरोपमा पुन: जोड दिँदै पुटिनले युक्रेनी हुनु नै अपराधझैँ गरेको र त्यो सोझै जातीय नरसंहार जस्तो आफूलाई लागेको बताए । आफ्नो टिप्पणीको व्याख्या गर्दै उनले आफूले नरसंहार भनेको र त्यो कुरा पुटिनका क्रियाकलापका कारण झन् झन् स्पष्ट हुँदै गएको पनि बताए ।

त्यसका निम्ति प्रमाणहरू पनि एकपछि अर्को प्राप्त हुँदै गएको उनले बताए । ‘रुसीहरूले युक्रेनमा गरेका त्रासदीपूर्ण कामका प्रमाण आइरहेका छन्। यसबारे हामीले झन् धेरै जान्नेछौँ ।’ कानुनी रूपमा यस्ता कार्य के हुन् भन्ने निर्क्योल गर्ने जिम्मा वकिलहरूलाई दिइने तर सोझो रूपमा आफूलाई यो नरसंहार नै भएको लागेको बाइडनले बताए ।

यसअघि अमेरिकी राष्ट्रपतिले बुचा तथा अन्य नगरहरूमा सयौँ गैरसैनिकको हत्यापश्चात् रुसलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएका थिए । रुसले युक्रेनमा गैरसैनिकलाई निसानामा पारेको अस्वीकार गर्दै आएको छ । युक्रेनको मारिउपोल सहरमा रुसले रासायनिक पदार्थ प्रयोग गरेका भन्ने अपुष्ट विवरणले आफूलाई चिन्तित बनाएको रासायनिक अस्त्र प्रतिबन्धसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनले बताएको छ ।

उक्त निकायले त्यहाँको अवस्थाको नजिकबाट अनुगमन गरिरहेको बताएको छ । सोमवार मारिउपोलको रक्षार्थ खटिएको युक्रेनी सेनाको एक एकाइले रुसी ड्रोनले सैनिक तथा गैरसैनिकमाथि विषालु पदार्थ खसालेको बताएको थियो । त्यसले मानिसहरूलाई बिरामी पारेको तर कसैको ज्यान भने नगएको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रासायनिक अस्त्र प्रयोग भए नभएको बारे आफूले यकिन भन्न नसक्ने बताएका छन् । तर रुसी फौजले अश्रु ग्यासमा अन्य रसायन मिसाएर प्रयोग गर्न सक्ने विश्वसनीय जानकारी भने आफूले पाएको उनले बताए । क्रेम्लिनले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

तपाईको प्रतिक्रिया