काठमाडाैं – मोरङको लेटाङमा मारिएको प्रहरी जवान उर्मिला श्रेष्ठलाई गोली लागेको पुष्टि भएको छ । पोष्टमार्टम रिपोर्टमा उनको घाँटीमा गोली लागेको देखिएको हाे ।
चैत ६ गते मोरङको लेटाङमा विद्यार्थीमाथि शिक्षकले यौन दुर्व्यवहार गरेको विषमा प्रहरी र स्थानीयबीच हिंसात्मक झडप भएको थियो । गाउँलेको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।
यसअघि धारिलो हतियार प्रहारबाट उनको मृत्यु भएको बताइए पनि रिपोर्टपछि गोली लागेको पुष्टि भएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । उक्त गोली प्रहरीले चलाएको नभएको दाबी गरेको छ ।