शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन महिनामा ८ करोड बढीको सुन बरामद भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौंचरका अनुसार माघ, फाल्गुन र चैत्र महिनामा मात्रै ८ करोड ५ लाख ४९ हजार १ सय ४३ रुपैयाँ बराबरको सुन बरामद गरिएको हो ।

कार्यालयले विज्ञप्ति प्रकाशन गर्दै तीन महिनामा १४ जना मानिसहरुको साथबाट ९ हजार ८ सय ४७ दशमलव ७० ग्राम सुन बरामद गरेको जनाएको हो ।

तपाईको प्रतिक्रिया