Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ । ‘मनिराज वाङ्मय पुरस्कार-२०७५’ पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले प्रदान गरेको सोही पुरस्कार २०७६ डा तुलसी भट्टराईले प्राप्तगरेका छन् ।

पुरस्कारको राशि जनही रु एक लाख रहेको छ । प्रतिष्ठानले यहाँ आज पुरस्कार वितरण समारोहको आयोजना गरी ‘गोदावरी प्रतिभा पुरस्कार-२०७५’ पूर्वमन्त्री दीपक प्रकाश बाँस्कोटालाई, ‘शास्त्री देवराज आचार्य पुरस्कार-२०७५’ डा रामचन्द्र भट्ट र सोही पुरस्कार २०७६ संस्कृति विज्ञ भरतराज पौडेललाई प्रदान गरेको हो ।

त्यसैगरी ‘खड्कबहादुर प्रतिभा पुरस्कार-२०७५’ पत्रकार लक्की चौधरी र ‘खप्तड स्वामी सरस्वती पुरस्कार-२०७५’ स्वामी ज्ञाननन्द सरस्वतीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १० हजार छ । सोही अवसरमा पूर्वप्रम चन्दले मुलुकमा महँगी, भ्रष्टाचार, बेरोजगारी, असुरक्षा र आर्थिक सङ्कट बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

साहित्यलाई जीवित राख्नका लागि आधुनिक विद्युतीय सञ्चार माध्यमले बढीभन्दा बढी समेट्नुपर्ने उनको भनाइ छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले साहित्य तथा विभिन्न क्षेत्रमा व्यक्तिलाई सम्मान गरेर नेपाली साहित्यको क्षेत्रमा उत्प्रेरणा जगाउने काम गरेको बताए ।

पूर्वमन्त्री बाँस्कोटाले नेपाली साहित्यलाई जीवन्त राख्ने गरी सरकारले शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा डा तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक (यात्रा संस्मरण) सार्वजनिक गरिएको थियो ।

तपाईको प्रतिक्रिया