शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापनिज नाम ‘साकुरा’ । अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ ले चिनिने एक प्रकारको रुख, जसमा फूल फुल्ने बेलाको सौन्दर्यले वातावरण, मानव अनि जीवलाई मन्त्रमुग्ध पार्छ । शरद ऋतु समाप्तिसँगै आगमन हुने ‘साकुरा’ वसन्त ऋतुमा ढकमक्क फुल्छ ।जापानमा हाल ६०० प्रजातिका साकुरा उपलब्ध छन् तर, फूलको रङ्ग, पत्रदलको आकार, फूल टिक्ने अवधिमा रहेर यसको गुणस्तर निर्धारण गरिन्छ । जापानले सन् १९९२ देखि मार्च  २७  लाई साकुरा दिवसका रूपमा मनाउँदै आएको छ । विश्वमा अहिले साकुराको फैलावट तीव्र गतिमा भइरहेको छ ।जापानमा परिवारजन, साथीभाइ तथा प्रेमी-प्रेमिकासँग ‘साकुरा’ को फेदमुनि बसेर मीठा-मीठा परिकार र पेय पदार्थसँगै फूलको सौन्दर्यको आनन्द लिने चलन छ । त्यहाँ साकुरा जापनिज कला, संस्कृति, पर्यटन, वातावरण, उत्सवका  रूपमा समेत जोडेर यसको महत्त्व र प्रवर्द्धन भइरहेको छ ।हाल जापानले विश्वमा शान्ति र भाइचाराको सिद्धान्तस्वरूप धेरै मुलुकलाई ‘साकुरा’ का बिरुवा उपहारस्वरूप दिने गरेको छ । यहाँको परम्पराअनुसार साकुराको फुलसँग बसेर खाना खाएमा वर्षभरी नै सुखशान्ति हुने विश्वास गरिन्छ । यसलाई स्थानीय भाषामा ‘हानामी’ अर्थात् पुष्पावलोकन भन्ने गरिन्छ ।खासगरी जापानीहरू यस मौसममा साकुरासँगै ‘हानामी’मा फूलको बगैँचामा भुईँमा बसेर मनपर्ने खाना तथा मन लागेको पेय पदार्थ र मदिराको चुस्कीमा एकआपसमा खुलेर कुरा गर्ने गर्छन् ।साकुरा पुलेपछि जापानवासी नेपालीहरूले पनि रमाइलो गरी मनाउने गर्दछन् । साकुरा फुलेको हेर्न विभिन्न स्थानबाट टाढा टाढाका पार्कमा पुगेर रमाइलो गर्ने जापानीले यसलाई विशेष अवसरका रूपमा समेत लिने गरेका छन् । यद्यपि, यो वर्ष पनि कोरोनाको कारण विगतको तुलनामा साकुरा अवलोकन गर्नेहरूमा कमी आएको बताइन्छ ।

  • तस्बिरहरु : गेट्टी इमेज र अलामीबाट

तपाईको प्रतिक्रिया