शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – केही वर्तमान र पूर्व युरोपेली नेताहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सन् २०२२ को नोबेल शान्ति पुरस्कारमा मनोनित गर्न प्रस्ताव गरेका छन् ।

नेताहरुले नर्वेजियन नोबेल कमिटिलाई पत्र लेख्दै जेलेन्स्कीलाई नोबेल पुरस्कारको लागि मनोनित गर्न आग्रह गरेका हुन् ।

उनीहरुले त्यसका लागि नोबेल पुस्कारको लागि आवेदन दिने मिति ३१ मार्चसम्म लम्ब्याउन पनि आग्रह गरेका छन् । ११ मार्चमा पठाइएको उक्त विज्ञप्तिमा यस वर्षको नोबेल पुरस्कारको प्रक्रियामा पुनर्विचार गर्न पनि आग्रह गरिएको छ ।

यस वर्षको नोबेल पुरस्कारको घोषणा अक्टोबर ३-१० मा हुनेछ । यस वर्षको नोबेल पुरस्कारको लागि २५१ मानिसहरु र ९२ संस्थाको आवेदन परेको छ ।

तपाईको प्रतिक्रिया