शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024
काठमाडौँ रुसी आक्रमण तीव्र भइरहेका बेल युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलस्कीले ढिला नगरि वर्ता गर्न र क्षति न्यूनीकरण गर्न आग्रह गरेका छन् ।

झण्डै एक महिनाअघिबाट रुसले आक्रमण जारी राखेको युक्रेनमा सयौँको संख्यामा युक्रेनी सेना ताथ त्यहाँका सर्वसाधारणको ज्यान गइसकेको छ । यद्यपि युक्रेनी राष्ट्रप्ति जेलस्कीले आत्मसमर्पण गरिरहेका छैनन् ।

उनले बरु रुसलाई वार्तामा आउन र आफ्नो सम्भावित क्षति न्यूनिकरणका लागि गल्ती स्वीकार गरेर सहमतिमा आउन आग्रह गरेका हुन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पछिल्लो पटक भनेका छन्, ‘यो वार्ताको समय हो । यो क्षेत्रीय अखण्डता पुनस्र्थापना र युक्रेनका लागि न्याय कायम गर्ने समय हो । नत्र रुसको घाटा यस्तो हुनेछ । जसलाई पुनः प्राप्ति गर्न धेरै पुस्ता चाहिन्छ।’

त्यस्तैगरी उनले अघि भनेका छन्, ‘हाल वर्ताको खाँचो छ । रुसलाई उसको गल्तीका कारण भएको क्षतिलाई न्यून गर्ने एउटा अवसर पनि हो। ‘यो उसका लागि भेटघाट गर्ने समय हो।’

रुसले युक्रेनको युक्रेनको राजधानी किकलाई लक्षित गरेर आक्रमण गरिरहेको छ । उसले केही शहरहरु भने कब्जा गरिसकेको दावी गरेको छ । यसैबीच युक्रेनी राष्ट्रपति जेलेस्कीले अर्थपूर्ण अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका आह्वान गरेका हुन् ।

तपाईको प्रतिक्रिया