शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई शान्तिको नेतृत्व गर्न आग्रह गरेका छन् । अमेरिकी कङ्ग्रेसलाई गरेको ऐतिहासिक सम्बोधनको अन्त्यमा उनले बाइडनलाई विश्वका र शान्तिका नेता बन्न आग्रह गरे ।

‘राष्ट्रपति बाइडन, तपाईँ आफ्नो देशका नेता हो । म तपाईँ विश्वका नेता हुनुहोस् भन्ने कामना गर्छु । विश्वका नेता हुनु भनेको शान्तिका पनि नेता हुनु हो,’ उनले आफ्नो सम्बोधनको अन्त्यतिर भने । भावुक मुद्रामा प्रस्तुत भएका जेलेन्स्कीले थप युक्रेनी बालबालिकाहरूको मृत्यु रोक्न नसके जीवनको अर्थ नदेखेको बताएका थिए ।

अमेरिकामा शान्ति कायम गर्न देशका राष्ट्रपति र जनतामा मात्रै निर्भर नरहने भन्दै उनले भने- ‘त्यो तपाईँको वरपर र अरू शक्तिशालीहरूमा पनि भर पर्छ ।’ उनले आफ्नो देशका जनताहरू आफ्ना लागि मात्रै नभएर युरोप र विश्वको मान्यताका लागि पनि युद्ध लडिरहेको बताए ।

तपाईको प्रतिक्रिया