शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – युक्रेनी अधिकारीहरूले युद्ध सुरु भएयता चौथो रुसी जनरल मारिएको दाबी गरेका छन् । रुसी जनरल मारिनुमा मस्कोले उच्च सैनिक कमान्डरहरूलाई अग्रपङ्क्तिबाट युद्ध लड्न दबाव दिएको हुनसक्ने सङ्केत मिलेको युक्रेनी अधिकारीहरूले आकलन गरेका छन् ।

किएभको आन्तरिक मामिला मन्त्रालयका सल्लाहकार एन्टोन जेरास्चेन्कोले मारिओपोल क्षेत्रमा भएको भीषण भिडन्तमा रुसी मेजर जेनरल अलेक मित्याभको मृत्यु भएको टेलिग्राममा जानकारी गराएका छन् । जेरास्चेन्कोले मारिएका जेनरलको भनिएको तस्बिर समेत पोस्ट गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसी जेनरल मारिएको बताए पनि नाम उल्लेख गरेका थिएनन् । रुसले युक्रेन आक्रमणमा २० जना जेनरलहरूको नेतृत्वमा सेना खटाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया