शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – रुसले युक्रेनमाथि आक्रमण गरेयता झन्डै १२ हजार रुसी सैनिकको मृत्यु भएको दाबी गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म १ हजार ३ सय युक्रेनी र झन्डै १२ हजार रुसी सैनिकको मृत्यु भएको दाबी गरेका हुन् ।

एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले ५ देखि ६ सय रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताए । युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको जेलेन्स्कीको भनाई छ । ‘उनीहरूले [अनुमानित] १२,००० जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन… संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,’ उनले भने ।

रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ । अठारौँ दिन बिहान विभिन्न सहरहरूमा विस्फोटन भइरहेको विवरण प्राप्त भएको छ । मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५,००० देखि १८,००० भएको बताइएको थियो ।

तपाईको प्रतिक्रिया