शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – युक्रेनको रक्षा मन्त्रालयले अप्रशिक्षित दस्तालाई अग्रमोर्चामा नपठाइने जनाएको छ । मन्त्रालयले रुसविरुद्ध लड्नका लागि नयाँ गठन गरिएको अप्रशिक्षित मानिसहरूको दस्तालाई लडाइँको अग्रमोर्चामा नपठाइने जनाएको हो ।

रुसी फौजसँग लड्न अस्त्र उठाइरहेका नागरिकहरूको समूह युक्रेनमा गठन गरिएको छ । ‘त्यसको अर्थ छैन । हाम्रो सेनाले धेरै शत्रुलाई रोक्छ । किनकि त्यो उत्प्रेरित छ, राम्ररी प्रशिक्षित छ र अस्त्रले सुसज्जित छ,’ रक्षामन्त्री एलेक्सी रेज्निकोले भिडिओ सम्बोधनमा भनेका छन् ।

भर्ती भएका गैरसनिकहरूले आफूहरू रहेको स्थानबारे सेनालाई जानकारी गराइरहन र स्थानीय भर्ती केन्द्रसँग सम्पर्कमा रहन भनिएको उनले बताए । रुसले युक्रेनमाथि आक्रमण गरेपछि भूमिरक्षा एकाइमा एक लाख जति युक्रेनीहरू भर्ती भइसकेका छन् ।

तपाईको प्रतिक्रिया