शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा दर्जनौँ मानिसको ज्यान जानेगरी गरिएका बमबारीलाई युक्रेनका राष्ट्रपतिले युद्ध अपराध भनेका छन् । सोमबार रुसले गरेको सन्दिग्ध क्लस्टर बम आक्रमणमा परी तीन बालबालिकासहित नौ गैरसैनिकको ज्यान गएको थियो ।

खार्किभको केन्द्रमा भएको पछिल्लो क्षेप्यास्त्र हमलाभन्दा अगाडि टिप्पणी गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरसैनिकहरूलाई जानाजान निसानामा पारिएको प्रत्यक्षदर्शीहरूले बताएको जनाएका थिए ।

‘त्यो स्पष्ट रूपमा युद्ध अपराध हो । शान्त सहर, शान्त आवासीय क्षेत्र । कुनै सैन्य संरचना थिएन । दर्जनौँ प्रत्यक्षदर्शीहरूले दिएका विवरणले त्यसलाई गल्तीले गरिएको आक्रमण नभई जानीजानी गैरसैनिकलाई निसानामा पारिएको प्रमाणित गर्छ । रुसीहरूलाई उनीहरूले कहाँ आक्रमण गरिरहेका छन् भन्ने राम्रोसँग थाहा थियो ।’

यसैबीच अन्तर्राष्ट्रिय फौजदारी अदालतका मुख्य अभियोजनकर्ता करिम खानले रुसी अतिक्रमणबारे अनुसन्धान थालेका छन् । यसअघि उनले रुसले युक्रेनमा युद्ध अपराध वा मानवताविरुद्ध अपराध गरेको ठहर्ने यथोचित आधार रहेको आफूलाई विश्वास भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया