शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडाैं – युक्रेनले युरोपको सबैभन्दा ठूलो परमाणु स्टेशन जपोरिझियामाथि रुसको कब्जाको दाबी खारेज गरिदिएको छ । रुसले उसको सैनिकले यो संयन्त्रमाथि कब्जा जमाइरहेको दाबी गरिरहेको छ ।

युक्रेनको सबैभन्दा ठूलो सरकारी न्युक्लियर कम्पनी एनेरगोआतोमले इन्टरफेक्स न्युज एजेन्सीसँग भन्यो, ‘रुसको यो दाबी पूर्ण रुपमा झुटो हो ।’

यसअघि रुसले सोमबार उनको सैनिक स्टेशनमा कब्जा गरेको र यसको काम ठिक तरिकाले चलिरहेको बताएको थियो । रुसी रक्षा मन्त्रालयका मेजर जनरल इगोर कोनाशेनकोवले एक बयान जारी गरेर भनेका थिए, ‘रुसी सैनिक जपोरिझिया परमाणु बिजलुी संयन्त्रको सुरक्षा गरिरहेको छ । यो पूर्ण रुपमा हाम्रो नियन्त्रणमा छ ।’

उनले थपे, ‘न्युक्लियर पावर स्टेशनका कर्मचारीले यसको हेरविचारको काम गरिरहेका छन् । उनीहरुले रेडियोएक्टिभ ब्याकग्राउन्ट नियन्त्रित रहोस् भनेर सुनिश्चित गरिरहेका छन् । हाल यो सामान्य अवस्थामा छ ।’

तपाईको प्रतिक्रिया