शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघलाई तत्काल आफ्नो देशलाई सदस्यता प्रदान गर्न आग्रह गरेका छन् ।

जेलेन्स्कीले भनेका छन्, ‘हामी सबै युरोपेली जनता सँगै बस्ने लक्ष्य छ र विशेष गरी समानताका साथ । मलाई विश्वास छ- यो सही र सम्भव छ ।’ जेलेन्स्कीले भिडिओमार्फत विज्ञप्ति जारी गर्दै रुसी सैनिकहरूलाई आफ्नो हतियार बिसाउन आग्रह गरेका छन् ।

सँगै चेतावनी दिँदै उनले भनेका छन्, ‘तिमीहरू हतियार बिसाऊ । यहाँबाट जाऊ । आफ्ना कमाण्डरहरूलाई विश्वास नगर । आफ्ना प्रचारकहरूलाई विश्वास नगर । आफ्नो ज्यान जोगाऊ ।’

बीबीसीका अनुसार युक्रेनका नेताले कि प्राधिकरणले युद्ध अनुभव भएका र देशको रक्षामा मद्दत गर्न सक्ने कैदीहरूलाई रिहा गर्ने बताएका छन् । उनीहरूले भनेका छन्, ‘हामीले यस्तो निणर्य लिएका छौं, जुन नैतिक दृष्टिकोणले सहज छैन, तर हाम्रो रक्षाको दृष्टिकोणले निकै सहयोगी छ ।’

तपाईको प्रतिक्रिया