बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – युक्रेनी र रुसी प्रतिनिधिहरूबीच बेलारुस-युक्रेन सीमामा पूर्वनिर्धारित समयभन्दा ढिलो गरी आज शान्तिवार्ता सुरु हुने जनाइएको छ । वार्तामा को-को सहभागी हुन्छन् भन्नेबारे विस्तृत रूपमा खुलाइएको छैन ।

बेलारुसी सरकारी सञ्चारमाध्यमले एउटा पूर्वनिर्धारित वार्तास्थलको तस्बिर छापेको छ । दुई पक्षबीच आइतवार नै वार्ता हुने तय भएको थियो ।

तर बन्दोबस्ती र सुरक्षाको कारणले ढिलो भएको किएभले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट सकारात्मक परिणाम आउनेमा विश्वास नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया