शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – रुसले युक्रेनमा आक्रमणलेको पाँचौँ दिन भइसकेको छ । आजसम्ममा रुसले युक्रेनमा प्राय सबै क्षेत्रबाट आक्रमण जारी राखेको छ ।

रुसी सैनिक लगभग सबै दिशाबाट आक्रमण गरिरहेको युक्रेनले स्वीकारेको छ । पछिल्लो खबरअनुसार रुसी सैनिकले दक्षिणी बन्दरगाह बर्दियांस्कमा कब्जा गरेको छ ।

यसअघि उत्तर पूर्वी खारकीएभ शहरको क्षेत्रीय प्रशासनिक प्रमुखले स्थानीय सेनाले रुसका सैनिकविरुद्ध सडकमा लडेपछि शहरमा पुनः नियन्त्रण बनाउन सफल भएका छन् ।

युक्रेनका उपरक्षामन्त्रीले अहिलेसम्म युद्धमा ४३ सय रुसी सेनाको मृत्यु भइसकेको दाबी गरेका छन् । तर यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।

युक्रेनको राष्ट्रिय समाचार संस्थाले राजधानी किएभ र खार्किभमा पुनः गोलाबारी सुरु भएको जनाएको छ । युक्रेनको स्पेसल सर्भिसलाई उद्धृत गर्दै युक्रेनी राजधानीमा कैयौँ घण्टाको शान्तिपश्चात् किएभ र खार्किभमा विस्फोटनको आवाज सुनिएको उक्रीनफोर्मले बताएको छ ।

यसैबीच, खतराको सूचना दिने घण्टी युक्रेनको उत्तरी सहर चर्नीभमा सुनिएको छ ।

तस्बिरहरू रोयटर्सबाट

तपाईको प्रतिक्रिया