Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण २९, २०८१
Thursday, March 13, 2025

टोकियो – जापानले मार्च १ तारिखदेखि सीमा खुकुलो पार्ने निर्णय गरेसँगै प्रवेशमा सबैलाई समान अवसर दिने भएको छ । विदेशी विद्यार्थी, व्यवसायी र कामदारका लागि सीमा खुकुलो बनाउने घोषणा गरेको जापानले प्रवेशमा सबैलाई समान अवसर दिने भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापान आउन भिसा स्वीकृत भएपनि आउन नपारेर अड्किएका विदेशी विद्यार्थीहरूको सङ्ख्या १ लाख ५० हजार हाराहारीमा छ । महिनौँदेखि सीमा खुलाउन विद्यार्थीहरू मात्रै नभएर शैक्षिक संघसंस्थाहरुले समेत अनुरोध, नाराबाजी र प्रदर्शन गर्दै आएका थिए ।

विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर प्रवेश गराउनुपर्ने माग चर्किरहेकै समयमा शिक्षा मन्त्री शिनसुके सुमासुले भने प्रवेश गर्न चाहने सबैलाई समान नजरले हेर्नुपर्ने भन्दै विद्यार्थीलाई मात्रै त्यस्तो गर्न नसकिने बताएका छन् । हालसम्म जापानले करिब ६ लाख २६ हजार विदेशीको भिसा स्वीकृत गरिसकेको छ । तर सीमामा लगाइएको प्रतिबन्धका कारण यीमध्ये एक तिहाइमात्रै जापान आउन पाएका छन् ।

प्रधानमन्त्री फुमिओ किशिदाले मार्च १ देखि नै लागु हुने गरी सरकारले हाल ३ हजार ५०० रहेको दैनिक आगन्तुकको सङ्ख्यामा लगाएको सीमा पनि बढाएर ५ हजारमा पुर्‍याउने निर्णय गरेको छ । यसमा विदेशी विद्यार्थीहरूलाई मात्रै नभएर व्यवसायी र प्राविधिक प्रशिक्षार्थीहरूलाई समेत समावेश गरिनेछ ।

तपाईको प्रतिक्रिया