शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नेपालका लागि निल्नु न ओकल्नुको बिषय बन्दै आएको र दलहरुद्वारा आफ्नो स्वार्थ अनुकुल ब्याख्या हुँदै आएको एमसीसीको बिषय अन्ततः संसदमा टेबुल हुने भएको छ । टेबुल नै हुने भएपछि यसको किनारा त लाग्ला तर यसले निम्त्याउने अन्य साइड इफेक्टहरुले नेपालको राजनीति थप तरंगित हुने लगभग पक्का छ । यो संगै जोडिएर आउने प्रमुख प्रतिपक्ष एमालेले लिने पोजिशन, जबरजस्तरुपमा विवादित बनाउन खोजिएको सभामुख र उनले खेल्ने भूमिका, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा बिरुद्ध लगाईएको महाअभियोग लगायतका बिषय र घटनाक्रमले कुनै पनि बेला देशभित्र जुनसुकै मोड लिन सक्ने आंकलन गर्न सकिन्छ ।

अर्कोतिर सँस्कृति, पर्यटन तथा उड्डयन मन्त्री प्रेम आलेको अडियो वार्ता बाहिरिएसंगै उनी अहिले थप विवादमा तानिएका छन् । उनले अडियोवार्तामा भएको त्रुटीप्रति नेपाली जनतासामु सार्बजनिकरुपमा माफी मागिसकेका छन् । पहिलो कुरो त राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहेको ब्यक्तिले त्यो तहको गालीगलौजमा उत्रनु गलत थियो । धेरै पहिलेदेखि त्यतिधेरै फलोअप गर्दै आएको बिरोधीले कहाँनेर त्रुटी भेटिन्छ र खुईल्याउन सकिन्छ भनेर मौका ढुकेर बसेका हुन सक्छन् भन्ने पनि हेक्का नराख्नु मन्त्री आलेको अर्को गम्भीर कमजोरी हो ।यस घटनाबाट उनलाई गतिलै शिक्षा मिलेको हुनुपर्छ ।

तथापि उनीबाट भएका यस्ता सानातिना त्रुटीले उनले गरेका र गर्न चाहेका थुप्रै जनमुखी तथा लोकप्रिय कार्यहरु नेपाली जनताबाट ओझेल पर्ने छैनन् र पारिनु हुंदैन भन्ने अपेक्षा गर्न सकिन्छ । देश र जनताको हितलाई केन्द्रमा राखी ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर बोल्ड डिसिजनका साथ जनमुखी कार्य गर्दै जाने आले जस्ता दर्जनजति इमान्दार मन्त्री हुने हो भने भ्रष्टाचार नियन्त्रण हुन र देश उभों लाग्न बेर लाग्ने थिएन । ***

तपाईको प्रतिक्रिया