शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी आज दिउँसाे किस्ट मेडिकल कलेज शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अस्पताल स्राेतका अनुसार उनकाे स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएकाे हाे । गत माघ २५ मा छाती दुखेपछि जाेशी अस्पताल भर्ना भएका थिए । स्वास्थ्य परीक्षण गर्दा उनमा मुटुकाे समस्याका साथै निमाेनिया पनि देखिएकाे थियाे ।

अस्पतालबाट डिस्चार्ज भए पनि घरमा केही दिन अक्सिजनकै सपाेर्टमा राख्नुपर्ने अस्पतालले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया