बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेच–बिखनविरुद्ध सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरीलाई प्रदान गरिएको छ ।

उक्त श्रव्य दृश्य सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई कलाकार हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन् ।

समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट चेलीबेटी बेच–बिखनका घटनाक्रमहरू भइरहेका छन् । गरिबी बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य लामो समयदेखि भइराखेको छ । समाजमा सचेतना अभिवृद्धि गरी मानब बेच–बिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले यस श्रव्य दृश्य सामग्रीलाई प्रहरी कार्यालयहरुले आ–आफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा प्रचार प्रसार गर्नेछन् ।

तपाईको प्रतिक्रिया