शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – पोखरामा सम्पन्न २० औं संस्करणको आहा रारा गोल्डकपको उपाधि विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले जितेको छ । एपिएफले पोखरा रंगशालमा शनिवार सम्पन्न फाइनलमा सर्वाधिक ६ पटकको मनाङ मर्स्याङ्दी क्लबलाई ट्राइबेकरमा ५-४ ले हराउँदै पहिलोपटक आहा रारा गोल्डकपको उपाधि उचालेको हो ।

पेनाल्टीमा एपिएफका लागि नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ, मणी लामा र अर्मान्ड बिडोमले गोल गरे । मनाङको तर्फबाट फ्रान्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्दा ओलावाले अफिजको प्रहारलाई एपिएफका गोलरक्षक युया कोरियामाले बचाउ गरे ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । खेलको २० औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा दयानन्द सिंहले मनाङलाई १-१ को बराबरीमा ल्याए । ८४ औं मिनेटमा फ्रान्कलिन टालाले गोल गर्दा मनाङ २-१ ले अघि बढ्यो ।

थप गरिएको समयमा एपिएफका रबि थिङले हेडमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । उपाधिसँगै एपिएफले १० लाख १ हजार प्राप्त गर्दा उपविजेता मनाङले ५ लाख १ हजार पायो ।

तपाईको प्रतिक्रिया