शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – नेपालमा ४ हजार ९०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ परीक्षण हुँदा ४ हजार ९०४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

१० हजार १०१ पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ मा संक्रमण पुष्टि भएको र ४ हजार ४६१ मा एन्टिजेन परीक्षण हुँदा १ हजार ५८६ मा पोजिटिभ देखिएको छ । २४ घण्टामा निको हुनेको संख्या भने ५ हजार ९२४ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । योसँगै हालसम्म ८ लाख ४८ हजार ३६० जना निको भएका छन् ।

२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।

तपाईको प्रतिक्रिया