बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले देशमा बढ्दो राजनीतिक संकटलाई रोक्न आन्दोलनको विकल्प नभएको बताएका छन् । नेता साहले सत्ता गठबन्धनको सिन्डिकेट तोड्न पनि सडक आन्दोलनको आवश्यकता भइसकेको बताए ।

शनिबार रौतहटमा एमाले देवाही गोनाही नगर सभालाई सम्बोधन गर्दै साहले सत्ता गठबन्धनको दबाबका कारण सरकारले निर्वाचनसम्बन्धी कुनै पनि निणर्य गर्न नसकेको आरोप लगाए । उनले समयै निर्वाचन गराउनलाई दबाब दिन आन्दोलनको आवश्यक भएको बताए ।

पूर्व मन्त्री समेत रहेका साहले भने, ‘सत्ता गठबन्धनले आफू अनुकूल निर्वाचन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावमा पार्न अनेक हतकण्डा अपनाइरहेको छ ।’ चुनावका लागि निर्वाचन आयोगले सरकारलाई पटक पटक ध्यानाकर्षण गराइसक्दा पनि गठबन्धनकै दबाबका कारण सरकारले कुनै ठोस निणर्य लिन नसकेको उनको आरोप थियो ।

नगर सभा उद्घाटन सत्रमा एमाले केन्द्रिय सदस्य कुन्दन कुश्वाहा, मौलापुर नगर प्रमुख रिनाकुमारी साह,देवाही गोनाहीका उपमेयर परनियादेवी पटेल, एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतका नेताहरुले शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया