शनिबार, जेठ ०७, २०७९
Saturday, May 21, 2022

काठमाडाैं – झापाको दुर्गापुरमा ट्रयाक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

आज कनकाई नगरपालिका-७ दुर्गापुरमा ट्रयाक्टरले ठक्कर दिँदा दुई वर्षीया आरुची दुलालको मृत्यु भएको हो । बुवा बालकृष्णले चलाएको मे. १ त ७५९ नम्बरको ट्रयाक्टरले किच्दा खेलिरहेकी आरुची गम्भीर घाइते भएकी थिइन् ।

उनको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया