शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मलेसियाको सडकमा दुर्घटनाको रोमाञ्चकारी भिडियो सार्वजनिक भएको छ । पानी परिरहेको बेलामा चिप्लो सडकमा बाइक चिप्लन्छ अनि चालक लड्छन् । उनको पछाडि एउटा ट्रक आइरहेको हुन्छ ।

ट्रकले बाइकरलाई ठोक्छ जस्तो देखिन्छ तर चालक लडेको बाइकलाई छोडेर छेउतिर दौडन्छन् । अलिकतिले गर्दा उनको ज्यान बच्छ । यस अद्भुत घटनाको भिडियो त्यहीँ उभिएको कारको क्यामराले खिचेको हो । जम्मा २१ सेकेन्डको क्लिप हेर्दा आङ सिरिंग हुन्छ ।

घटना चार दिनअघि भएको हो । यसको भिडियो भाइरलहग नामक फेसबूक पेजमा शेयर गरिएको हो । ईश्वरको कृपाले बाइकर बाँचेको हो भनी युजरहरूले प्रतिक्रिया दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया