बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो – जापानी प्रहरीले बिहान टोकियो नजिकैको झडपमा एक व्यक्तिलाई पक्राउ गरेपछि एक बन्धकको मृत्यु भएको छ भने अर्का एकजना बेहोस अवस्थामा छन् ।

एक ६६ वर्षीय व्यक्तिले बिहीबार राति टोकियो नजिकैको आफ्नो घरमा भेट्न गएका तीन जना स्वास्थ्यकर्मीहरूलाई आक्रमण गर्दै तीमध्ये एकलाई गोली हानेका थिए । प्रहरीका अनुसार ती बन्धक मृतक ४४ वर्षीय डाक्टर जुनिची सुजुकी रहेको क्योडो न्यूजले जनाएको छ ।

गोली प्रहारबाट ४१ वर्षीय फिजियोथेरापिस्ट भने बेहोस अवस्तामा रहेका छन् । घटनाको पूर्ण र वास्तविक विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया