शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – शिक्षा मन्त्रालयका अनुसार कोभिड सुरु भएयता सन् २०२० देखि मात्रै जापान जान १४ हजार जनाले अध्ययन अनुमतिपत्र (एनओसी) लिइसकेका छन्।

एनओसी लिएकामध्ये अधिकांश विद्यार्थी रोकिएका छन्। जापान अध्ययन गर्न जाने तयारीमा रहेका अधिकांश नयाँ विद्यार्थी रोकिएका नेपाल शैक्षिक परामर्श संघका पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले बताए। उनका अनुसार पढ्न जाने अनुमति र भिसा पाइसकेका तथा कलेजलाई पैसा पनि पठाइसकेका करिब ७ हजार विद्यार्थी रोकिएका छन्।

‘यी विद्यार्थीले जापानका शिक्षण संस्थामा भर्ना भएर पैसा पठाइसके तर जान पाएका छैनन्,’ उनले भने, ‘अनलाइन कक्षा चलाउने भनेर जान रोकिएको छ।’

जापान सरकारले २०२१ नोभेम्बर ८ देखि विदेशीका लागि पर्यटकबाहेक अन्य भिसाका निम्ति सीमा खुला गरेको थियो। त्यसपछि भिसा प्रक्रिया आरम्भ भयो भनेर नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले गत मंसिर ७ गते प्रेस विज्ञप्तिमा जारी गर्यो।

कोरोना महामारीका कारण भिसा प्राप्त गरेर पनि अध्ययनका लागि जापान जान नपाएका विद्यार्थी अब जान पाइने भयो भनेर खुसी भए।
२०२० मा सीओई प्राप्त गरी शुल्क तिरेर बसेका विद्यार्थीलाई सहज हुने ईक्यानको अपेक्षा थियो।

तर, हप्ता दिनमै निर्णय उल्टियो। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण पुनः जापान प्रवेशमा रोक लगाइयो।

अध्ययन गर्न विदेश जाने तयारीमा रहेका विद्यार्थी–अभिभावक तनावमा रहेका राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष सन्तोष प्याकुरेलको भनाइ छ।

‘अमेरिका, बेलायत, क्यानडा लगायत मुलुकमा विद्यार्थी आउजाउ गरिरहेका भए पनि जापान जाने तयारी गरिरहेका विद्यार्थी निकै समस्यामा छन्,’ प्याकुरेलले भने, ‘कोभिडपछि विदेश पढ्न जाने विद्यार्थी र पठाउने तयारी गरिरहेका अभिभावकमा छटपटी छ, जापानमा विद्यार्थी छिर्नै पाएका छैनन्।

तपाईको प्रतिक्रिया