बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो – कोभिड-१९ को देशव्यापी संक्रमणको छैठौं लहरमा जापानका धेरै ‘डे–केयर’ सेवा प्रदायकहरु ठूलो  कठिनाइमा परेको देखिन्छ । स्वास्थ्य मन्त्रालयले जनवरी २४ मा सार्बजनिक गरेको तथ्यांक अनुसार यहाँका ३२७ डे-केयर सेन्टरहरू अस्थायी रूपमा बन्द भएका छन् ।

तथ्यांक हेर्दा कोभिड-१९ संक्रमणको घटनामा वृद्धिसँगै डे-केयर सेन्टर सञ्चालन रोक्नेको संख्या एक हप्तामा चार गुणाले बढेको छ । यस अघि सबै भन्दा धेरै सन् २०२१ को सेप्टेम्बर महिनामा महामारी कै कारण १८५ वटा डे-केयर सेन्टर बन्द भएको रेकर्ड थियो । यसले गर्दा अभिभावकको कामकाजी जीवनमा असहजता आएको थियो ।

डे-केयर सेन्टरहरू प्रायःआमाबाबु दुबै काम गर्ने दम्पतीहरूले प्रयोग गर्छन् । यस्ता डे-केयर सेन्टर बन्द हुँदा यी दम्पतीहरूले निकै कठिनाइ बेहोर्नु परेका थुपै गुनासा रहेका छन् ।

नागोया जस्ता केही नगरपालिकाले अभिभावकहरूलाई महामारीको लहर कम नभएसम्म आफ्ना बच्चाहरू डे-केयर सेन्टरमा नराख्न आग्रह गर्न थालेका छन् ।

विशेषगरी डे केयर सेन्टर र यस्तै खालका अन्य सेवा केन्द्रहरुमा सामूहिक संक्रमणको जोखिम उच्च हुने भएकोले  यी सेन्टरहरु अस्थायी रूपमा बन्द भएका हुन् ।

तपाईको प्रतिक्रिया