बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – एसियाली पावरहाउस अष्ट्रेलिया र जापानले फिफा विश्वकप कतार २०२२ अन्तरगतको एसियाली छनोटको तेस्रो राउन्डमा सानदार जित निकालेका छन् । अष्ट्रेलियाले घरेलु मैदानमा भिएतनामलाई ४-० को भारी अन्तरले पराजित गरेको हो ।

अष्ट्रेलियाको जितमा जेमी म्याकलरेन, टोम रोजिक, क्रेइग गुडविन र रिले म्याकग्रीले गोल गरे । जितसँगै अष्ट्रेलिया समूह ‘बी’ मा ७ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित भियतनाम अंकविहीन हुँदै पुछारमा छ ।

सोही समुहको अर्काे खेलमा जापानले चीनलाई २-० ले पराजित गरेको छ । साइतामा स्टेडियममा घरेलु टोली जापानको जितमा युया ओसाको र जुन्या इटोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।

जितसँगै जापान ७ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित चीन ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । यो समूहमा साउदी अरेबिया ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहँदा ओमान ६ खेलबाटै ७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया