शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – परदेशीन बाध्य लाखौँ नेपालीको कथालाई मर्मस्पर्शी ढङ्गबाट प्रस्तुत गरिएको बिलकुलै नयाँ म्युजिक भिडियो ‘तिम्रो याद आयो’ सार्वजनिक भएको छ । गीतमा सविन सुवेदीको स्वर सुन्न सकिन्छ भने गोपाल लोहारको मार्मिक शब्द रहेको छ ।

दीपक शर्माले सङ्गीतबद्ध गरेको यस गीतलाई उदय राज पौडेलले सङ्गीत संयोजन गरेका हुन् । विजय बराल, प्रमीला खनाल र माया पौडेलको मनछुने अभिनय भिडियोमा देख्न सकिन्छ । श्याम तामाङले छायाङ्कन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

काजी लिम्बु र श्याम लामाको संयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन् । गोलो प्रडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया