शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – राष्ट्रिय युवा परिषद्ले विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने विद्यार्थीलाई आर्थिक सहयोग दिने भएको छ । त्यसका लागि परिषद्ले एक सूचना प्रकाशित गर्दै अनुसन्धान प्रस्तावना पेश गर्न आह्वान गरेको हो ।

युवाका लागि विज्ञान तथा प्रविधिमा प्रवर्द्धन कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधिको क्षेत्रका विषयहरू मध्ये कुनै एक विषयमा स्नातकोत्तर तहमा अन्तिम वर्ष वा अन्तिम सेमेष्टरमा नियमित रूपमा अध्ययनरत (शोध अनुसन्धान गर्न योग्य) ३० जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी ४० हजार रूपैयाँका दरले अनुसन्धानमा सहयोग गर्ने परिषद्ले जानकारी दिएको छ ।

आगामी असार १५ गतेसम्ममा अनुसन्धानको सम्पूर्ण कार्य सम्पन्न गर्न सक्ने १६ देखि ४० वर्ष उमेर समूहका युवा/विद्यार्थीले यही माघ २८ गतेसम्म अनुसन्धान प्रस्तावना पेश गर्न सक्ने छन् ।

युवाका लागि विज्ञा तथा प्रविधि सहयोग (रिसर्ड ग्रान्ट) सम्बन्धी कार्यान्वयन २०७७ ले तोकेको आधारमा मूल्यांकन समितिबाट छनोट भई सिफारिस भएका विद्यार्थीलाई अनुसन्धान सहयोग दिइने परिषद्ले जनाएको छ ।

विद्यार्थीले परिषद्ले तोकेको ढाँचाको निवेदन, नेपाली नागरिकता प्रतिलिपी, स्नातक तहको ट्रान्सक्रिप्ट तथा स्नातकोत्तर तहमा प्राप्त गरेको वार्षिक/सेमेस्टरको मार्कसिट, प्रस्तावनाको सक्कल प्रति, समावेशी समूहको हकमा उक्त समूहको प्रमाण पेश गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया