शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ । यस्तो ऋण सम्झौतामा मंगलबार नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका हुन् ।

आर्थिक विकासका लागि नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि यस्तो ऋण लिइएको जनाइएको छ । कोभिड १९ महामारीले नेपालको आर्थिक वृद्धिदर मात्र नभई समग्र क्षेत्रमा पारेको प्रभावलाई कम गर्न यस्तो ऋण सहायता परिचालन गरिनेछ ।

त्यस्तै महामारीबाट प्रभावित नेपालको अर्थतन्त्र उकास्नका लागि आर्थिक सहयोग मात्र नभई भ्याक्सिन लगायत मेडिकल सामग्री र जापान अन्तर्राष्ट्रिय सहयोग नियोगबाट हुने सहयोगमा निरन्तरताको प्रतिवद्धता पनि जापानले जनाएको छ ।

तपाईको प्रतिक्रिया