शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ — इन्डोनेसियाको राजधानी अब फेरिने भएको छ । इन्डोनेसियाको संसदले एक विधेयक पारित गरेसँगै बोर्नियो द्वीपमा नयाँ राजधानी बनाउन लागिएको हो ।

वर्तमान राजधानी जकार्ता ट्राफिक जाम, वायु प्रदुषण र बाढीले प्रभावित भइरहने हुनाले नयाँ राजधानी बनाइन लागेको हो ।

यद्यपि जकार्ता इन्डोनेसियाको वाणिज्य तथा वित्तीय केन्द्र बन्नेछ ।

बोर्नियो द्वीपमा सहर निर्माणका लागि तीस अर्ब डलरभन्दा धेरै लागत लगाइनेछ। नयाँ सहरलाई नुसान्तरा भनिनेछ, जसको अर्थ हाे- द्वीपसमूह ।

यो नयाँ नाम राष्ट्रपति जोको विडोडोले सुझाएका हुन् । उनले ८० भन्दा धेरै विकल्पबाट नामकरण गरेका हुन् । विडाेडाेले सन् २०१९ मा राजधानी सार्ने घाेषणा गरेका थिए।

राष्ट्रिय विकास योजनामन्त्री सुहार्सो मोनोरफाका अनुसार यस नामले इन्डोनेसियाको भूगोललाई दर्शाउँछ ।

तपाईको प्रतिक्रिया