शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – नयाँ तथ्याङ्क अनुसार कोरोनाभाइरस महामारीले यस नयाँ वर्षको छुट्टीमा जापानमा यात्रा गर्ने व्यक्तिहरुको संख्यामा कम प्रभाव पारेको भेटिएको छ ।

जापानका प्रमुख ११ वटा विमान कम्पनीको तथ्याङ्कले डिसेम्बर २५ देखि जनवरी ४ सम्म ३१ लाख ४० हजार  मानिसले आन्तरिक उडान गरेको  देखाएको  छ । जुन गत वर्षको तुलनामा झण्डै दोब्बर हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ९२ प्रतिशतले बढेको हो ।

जापानको सबैभन्दा ठूलो विमान कम्पनी अल निप्पोन एयरवेजले आफ्ना हवाई यात्रुमा ६५ दशमलब ४ प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेको छ ।

त्यस्तै जापान एयरलाइन्सले १२५ दशमलब ८ प्रतिशतले वृद्धि गरेको छ भने स्काईमार्क एयरलाइन्सले ७० दशमलब ३ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

यद्यपि समग्र आंकडा अझै पनि महामारी भन्दा अगाडिका वर्षहरुको स्तर भन्दा धेरै तल रहेको छ ।

तपाईको प्रतिक्रिया