बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

’आँखा बोल्छ तिमिलाई हेरी, मत ढिला जन्मेछु हत्तेरी’ ।
तिमी मलाई प्रलय नै मनपर्ने, तिम्ले छड्के आँखाले नहेर्ने, मैले हत्य गरेर के गर्ने ?
टोकियो – दोहोरीको सवाल जबाफमा प्रयोग भएको माथिको लाइन चर्चित रियालिटी शो द भ्वाइस अफ किड्सको फाइनल राउण्डमा पुगेका बालप्रतिभा सुप्रिम मल्लका हुन् । उनले चर्चित गायिका अस्मिता डल्लाकोटीसंग देवर-भाउजू भएर दोहोरी गाउँदा प्रयोग भएको सो लाइनले दोहोरीका पारखीहरु धेरैको मन जितेको पाईन्छ । नेपालको दुरदराज बाजुराको बिपन्न परिवारमा जन्मेका सुप्रिम अहिले उक्त रियालिटी शो को फाइनल राउण्डको अन्तिम तैयारीमा छन् । उनलाई यहि शनिबार हुने फाइनल राउण्डको बलियो र चर्चित दाबेदारका रुपमा हेरिएको छ ।

कला र गलाले मात्रै नभएर भोटको आधारमा पनि हार जित हुने रियालिटी शोको फाइनल राउण्डमा पुगेका सुप्रिमले आफुलाई भोट दिएर जिताउन देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई अपिल गरेका छन् । समुद्रपारिसंग संक्षिप्त कुरा गर्दै सुप्रिमले भने – ’आज म जहाँ छु, देश विदेशमा रहनुभएका तपाईहरु समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले दिनुभएको साथ, सपोर्ट र मायाकै कारण छु । अब मलाई तपाईहरुको थप हौसला र मायाको खाँचो छ । समय अत्यन्त कम भएकोले यहि आउँदो शनिबार साँझ ८ बजेसम्म मलाई भोट गरेर बिजयी बनाईदिनु हुन हार्दिक अपिल गर्दछु । मलाई भोट गर्नका लागि नेपालभित्रबाट खल्ती एप डाउनलोड गरेर र विदेशबाट खल्ती डट कममा गएर गर्न सकिने छ ।’

द भ्वाइस अफ किड्सका फाइनल प्रतिस्पर्धी ९ वर्षिय सुप्रिमका बारेमा प्रतिक्रिया दिदैं पछिल्ला समयका उम्दा संगितकार तथा गायक श्रीकृष्णबम मल्लले भने – ’सुप्रिम कला र गलाले भरिएका संगीतका हिरा हुन् । उनी सदा चम्किने छन् र चम्किरहने छन् । उनी संगीतका कलिला मुना हुन्, उनको साँगीतिक भविष्य थप उज्वल बनाउन उनलाई प्रोत्साहित गर्नु हामी सबैको कर्त्तब्य हो ।’

तपाईको प्रतिक्रिया