शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – देशभर मौसम बदली भइ धेरैजसो ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा हिजो मङ्गलवार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न ठाउँमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँ-ठाउँमा सडक बन्दसमेत भएको हुँदा स्थानीयवासी तथा यात्रु मर्कामा परेका हुन् ।अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।महाशाखाको पछिल्लो विवरणमा काठमाण्डौको तापक्रम न्यूनतम ३ दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

तपाईको प्रतिक्रिया