Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त काले भनिने कृष्णगोपाल अग्रवाललाई दुई लाख धरौटीमा छाड्ने आदेश दिएको छ । आइतबार पक्राउ परेका अग्रवाललाई प्रहरीले जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । न्यायाधीश भरत लम्सालको इजलासले थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

तस्करीको साढे ३३ किलो हराएपछि यो गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’ को समूहले यातना दिने क्रममा भरिया सनम शाक्य मारिएका थिए । गोरेसहित ७७ जनाविरुद्ध दायर ‘आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा’ मा काले पनि प्रतिवादी थिए ।

न्यायाधीश लम्सालकै इजलासले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो । जसमा पक्राउ परेका ५७ जनाले सुन तस्करी मुद्दामा सफाइ पाएको श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिएका छन् । शाक्य अपहरण र हत्या मुद्दामा ८ जनालाई दोषी ठहर भए ।

तीमध्ये गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला भएको हो । प्रतिवादीमध्ये राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला अदालतबाट भएको थियो ।

काले भनिने कृष्णगोपाल गोरेले आयात गर्ने सुनको लगानीकर्तामध्येका एक हुन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट नेपाल ल्याइएका उनलाई आइतबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७४ साल माघ ९ गते आयात भएको साढे ३३ किलो सुन काठमाडौंबाट गायब भएपछि गोरेको समूहले २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका-१ मा सनमको हत्या गरेको थियो । घटनाको भोलिपल्ट २०७४ फागुन १९ गते उनको मोरङमा शव भेटिएको थियो ।

तपाईको प्रतिक्रिया