Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी एकताका लागि त्याग गर्न तयार रहेको बताएका छन् । नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी आफू पक्षीय नेताहरुको छलफलमा पौडेलले साझा उम्मेदवार बनाउनका लागि त्याग गर्ने बताएका हुन् ।

‘तपाईंहरु मिल्न तयार भए । म छोड्न तयार छु । होइन भने मलाई नै सघाउनुस्’, नेता पौडेलले बैठकमा भनेको उद्धृत गर्दै केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘सबै नेताहरु त्यागको भावनाबाट ओतप्रोत हुनुहुन्छ । एकता हुन्छ । साझा उम्मेदवार तय नगरे उपाय छैन । माथि मिलेपछि पदाधिकारी को त हामी दुई घण्टामै सम्पन्न गर्छौं । हामी एउटा उम्मेदवार बनाउँछौं ।’

नेता सिंहले पनि साझा उम्मेदवारबारे छलफल भइरहेको तर निष्कर्षमा पुग्न बाँकी रहेको बताएका छन् । नेताहरुलाई सहमतिमा पुग्न दबाब स्वरुप युवाहरुले बैठकस्थलबाहिर प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । उनीहरुले ‘साझा उम्मेदवारको विकल्प छैन’, ‘एकता मात्रै जितको आधार हो’, ‘नेताहरु मिल्नुस् कांग्रेस जोगाउनुस्’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेताहरुले संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार बनाउन दबाब दिएका छन् । संस्थापन इतर समूहका नेताहरुको बैठक चलिरहेको चाक्सीबारीमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

तपाईको प्रतिक्रिया