Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चीनबाट एमबीबीएस अध्ययन गरेका विद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै चिकित्सा शिक्षा आयोगमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको छ ।

चीन सरकारको छात्रवृत्ति र आफ्नै लगानीमा विभिन्न विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका विद्यार्थीले नेपालमै इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आयोगमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । सो क्रममा प्रहरीले विद्यार्थीहरूमाथि दमन गर्दै आयोगका कर्मचारीलाई त्यहाँबाट भगाएको छ । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै विद्यार्थीहरूले आयोगमा तालाबन्दीको गरेका थिए । तर, त्यसमा पनि प्रहरीले दमन गर्दै ताला खोलिसकेको छ ।

प्रहरीले आफूहरुलाई मेडिकल विद्यार्थी नभएर आतंकवादीजस्तो व्यवहार गरिरहेको उनीहरुको आरोप छ । ६ महिना अगाडि ५ वर्षे चिकित्साशास्त्र कोर्ष पूरा भए पनि इन्टर्नसीप गर्न नपाएपछि उनीहरु आन्दोलन छन् । २०१५ र १६ औँ ब्याचमा चीनका विभिन्न विश्वविद्यालयबाट अध्ययन पूरा गरेका १५३ विद्यार्थीलाई नेपालमा इन्टर्नसीप गर्न स्वीकृति पाउनुपर्ने माग उनीहरुको छ ।

कोरोना महामारीका कारण उनीहरुले एक वर्षको एमबीबीएसको पढाई अनलाइनबाट पढेको थिए । अनलाइन कक्षाबाट पढाई पूरा गरेकाले इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै उनीहरु ६ महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् । उनीहरुका अनुसार गत असोज १० गते प्रतिनिधि सभाको संसदीय समितिले २०१५ र १६ ब्याचका विद्यार्थीलाई पनि इन्टर्नसीपको व्यवस्था गर्न निर्देशन दिएको थियो । तर नेपाल मेडिकल काउन्सिलले मङ्सिर १० गते सूचना जारी गर्दै ‘सन् २०१६ र त्यसपछि भर्ना भएकाको हकमा प्रयोगात्मक कक्षा बिना गरिएको अनलाइन अध्ययन अवधिलाई मान्यता दिन नहुने’, भनेको छ ।

उक्त निर्णयले आफूहरु दोहोरो मारमा परेको विद्यार्थीको भनाइ छ । सम्बन्धित विश्वविद्यालयले अनलाइन कक्षालाई मान्यता दिँदै परीक्षा लिएर नतिजा दिइसकेकोले काउन्सिलले पनि मान्यता दिनुपर्ने उनीहरुको माग छ । काउन्सिलले बाँकी रहेको सैद्धान्तिक कक्षा प्रयोगात्मक सहितको कक्षा लिनुपर्ने र त्यसपछि मात्रै इन्टर्नसीप गर्न दिने बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया