Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबलका ‘जानी दुष्मन’समेत रहेका दुई दक्षिण अमेरिकी टोली ब्राजिल र अर्जेन्टिनाबीच जापानमा मैत्रीपूर्ण खेल हुने भएको छ ।

‘सुपरक्लासिको अफ दि अमेरिका’ नाम दिइएको उक्त खेल आगामी वर्षको जुनमा हुने तय भएको अर्जेन्टिनी फुटबल संघले जनाएको छ । योकोहामामा हुने सो खेल जुन कति तारिकमा हुन्छ भन्ने भने तय भइसकेको छैन । यो खेललाई विश्वकपको तयारीका रूपमासमेत हेरिएको छ ।

२०२२ को नोभेम्बर र डिसेम्बरमा कतारमा विश्वकप हुँदैछ । दुवै टोली छनोट भइसकेका छन् । ब्राजिल र अर्जेन्टिनाबीचको खेल सधैँ ‘टफ’ हुने गरेको छ । गत जुलाईमा ब्राजिललाई उसकै घरमा अर्जेन्टिनाले हराएर उपाधि जितेपछि यी दुई दशबीच झनै प्रतिद्धन्द्धीता बढेको छ ।

विश्वकप छनोटअन्तर्गत गत सेप्टेम्बर ५ मा ब्राजिलमा यी दुई देशबीच भएको खेल ६ मिनेटमै रोकिएको थियो । गत नोभेम्बर १६ मा पनि यी दुई देशबीच विश्वकप छनोटको खेल भएको थियो । अर्जेन्टिनामा भएको सो खेल गोलरहित बराबरीमा रोकिएको थियो । सो खेल धेरै नै ‘रफ’ भएको थियो । दुवै टोलीले गरी ४२ वटा ‘फल’ खेलेका थिए । यो फुटबलमा नयाँ खराब रेकर्ड पनि हो ।

प्रतिस्पर्धात्मक मात्र होइन ब्राजिल र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेल पनि प्रायः तनावपूर्ण हुने गरेको छ । ब्राजिलको टोलीमा नेइमार, क्यासिमिरो, ग्राबियल जेसस, थियायो सिल्भाजस्ता खेलाडी छन् भने अर्जेन्टिनासँग कप्तान लियोनल मेसीसँगै, एन्जल डि मारिया, लाउटारो मार्टिनेज र निकोलस ओटामेन्डी आदि खेलाडी छन् ।

तपाईको प्रतिक्रिया