Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले भारत र अमेरिकाका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । सोमबार प्रस्तावित तीनैजना राजदूतमाथि सुनुवाइ भएपछि समितिले सर्वसम्मत अनुमोदन गरेको हो ।

सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि राजदूत प्रस्ताव गरेको थियो ।

मन्त्रिपरिषदले प्रस्ताव गरेको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानूनी व्यवस्था छ । तीनै जना राजदूतको नाम अनुमोदन भएसँगै अब उनीहरुको नियुक्ति हुनेछ ।

तपाईको प्रतिक्रिया