बिहिबार, फाल्गुण १०, २०८०
Thursday, February 22, 2024

काठमाडाैं – प्यूठानमा टिपरको ठक्करबाट अटोरिक्सामा सवार दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका-३ घुर्चनेका ३५ बर्षका अमृत थापा र उनका ४ बर्षका छोरा सुशान्त थापा रहेका प्रहरीले जनाएको छ ।

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको न ८ ख ३९०३ नम्बरको टिप्परले रा १ ह ५७०७ नम्बरको अटोरिक्सालाई माण्डवी गाउँपालिका-५ चकचके-चेरनेटा सडक खण्डमा ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ई-रिक्सामा सवार प्यूठान नगरपालिका-३ कि ८ वर्षकी दुर्गा थापा, ३० बर्षकी पुनम थापा, १६ बर्षकी विपना थापा र १० बर्षकी सुष्मा थापा घाइते भएका प्रहरीले जानकारी दिएको छ । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया