Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) केन्द्र पहिलो दल हुने बताएका छन् । उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय पार्टीको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले माओवादी केन्द्र दुब्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा २०६४ कै अवस्थामा फर्कने बताएका हुन् ।

माओवादीमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदिवासी, जनजाति, घले, गुरुङ, सबै क्षेत्रको बृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए । माओवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन महराले स्थानीय समुदाय माझ आग्रह पनि गरे ।

टुक्रिएर गएका डा. बाबुराम भट्टराई, वैद्य, विप्लव समेतलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाले रसुवामा पनि अन्यत्र गएका सबै साथी छिट्टै मूल घरमै प्रवेश गरी माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पुर्‍याउने महराले विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया