Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज मुम्बई एयरपोर्टबाट पक्राउ परेकी छन् । अभिनेत्री फर्नान्डेजलाई मनी लान्ड्रिङ मुद्दामा आइतबार विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको हो ।

उनी एक शो’का लागि दुबई जान लागेका बेला एयरपोर्टबाटै पक्राउ परेकी हुन् । भारतको प्रवर्तन निर्देशनालयले उनीविरूद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी पक्राउ परेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । निर्देशनालयले सुकेश चन्द्रशेखर, उनकी पत्नी लीना मारिया पल र अन्य ६ जनाविरुद्ध २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा ७ हजार पृष्ठको आरोपपत्र दायर गरेको छ ।

अनुसन्धानको क्रममा केन्द्रीय एजेन्सीले सुकेश र अभिनेत्री ज्याकलिन फर्नान्डेजबीच आर्थिक लेनदेनको प्रमाण फेला पारेको थियो। प्रहरीका अनुसार सुकेशले ज्याकलिनलाई १० करोडभन्दा बढीको महँगो उपहार दिएका थिए ।

महँगो उपहारमा गहना, हिराका गहना सेट, क्रोकरी, ४ पर्सियन बिरालो (एउटा बिरालाको करिब ९ लाख रुपैयाँ)र ५२ लाख रुपैयाँको घोडा समावेश छ। सुकेशले ज्याकलिनका दाजुभाइलाई पनि मोटो रकम पठाएका थिए । प्रहरीले उनलाई अनुसन्धान चलिरहेकाले विदेश जान रोकिएको बताएको छ ।

तपाईको प्रतिक्रिया