Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अमिताभ बच्चनले होस्ट गर्ने भारतीय टिभी सो ‘कौन बनेगा करोडपति’को सिजन १३ को एपिसोड ७५ निकै विशेष रह्यो । यो एपिसोडमा बच्चनकी छोरी श्वेता र नातिनी नभ्या नाभेली सहभागी थिए । यो एपिसोड किनपनि महत्वपूर्ण थियो भने यो संस्करण केबीसीको १ हजार औं एडिसन थियो ।

श्वेता र नभ्याले यो एसिपोडबाट कूल २५ लाख भारु नगद जिते । तर, उनीहरुलाई अमिताभले सोधेको नेपालबारे एउटा प्रश्नले भने १२ लाख ५० हजार भारु जितायो । सन् २०२१ मा पाँचौ पटक प्रधानमन्त्री हुने शेरबहादुर देउवा कुन देशका हुन् भनेर प्रश्न सोधिएको थियो ।

अप्सन थियो : फिजी, नेपाल, एन्टिगा एन्ड बर्बुडा र थाइल्यान्ड । श्वेता र नाभ्याले निकै अकमकिएर बल्ल-बल्ल सहि उत्तर मिलाए । यो उत्तरबाट उनीहरुले १२ लाख ५० हजार भारु जिते ।

तपाईको प्रतिक्रिया