Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौँ – विद्यालय खुलेको झन्डै दुई महिना बितिसक्दा पनि विद्यार्थीलाई कोरोना संक्रमण बिरुद्धको खोप लगाउन कुनै निर्णय नगरेपछि सरकारको आलोचना भएको छ । विद्यार्थीले यति दुःख पाउँदा पनि सरकारले खोप दिन नसकेको भन्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबार बसेको बैठकमा सांसदहरूले खोपको सुनिश्चितता गर्न आग्रह गरेका थिए ।

बैठकमा समितिका सभापति जयपुरी घर्तीले खोपको विषयमा तत्काल निर्णय गर्न सरकारलाई आग्रह गरेपछि स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारको अबको प्राथमिकता विद्यार्थीलाई खोप लगाउने नै भएको बताउनुभएको थियो । उहाँले भन्नुभयो–‘पुषदेखि विद्यार्थीलाई विद्यालयमै खोप उपलब्ध गराइन्छ । १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी लक्षित गरी खोप उपलब्ध गराउन मन्त्रालयले तयारी गरिसकेको छ ।’

यसअघि प्याब्सन, राष्ट्रिय प्याब्सन लगायतका निकायले विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरिसकेका छन् । ती संगठनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेर खोप उपलब्ध गराउन ज्ञापनपत्र दिइसकेका छन् ।
मन्त्री खतिवडाले देशैभरका सबै विद्यार्थीलाई अमेरिकी कम्पनीले निर्माण गरेको मोर्डना खोप ५ चरणमा उपलब्ध गराउने जानकारी दिनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार करिब ६५ लाख विद्यार्थीलाई खोप लगाउन बाँकी छ । केन्द्रका महानिर्देशक चुडामणि पौडेलले करिब दुई लाख विद्यार्थीले मात्र खोप लगाएको र अझै ६५ लाख विद्यार्थी कोभिड–१९ खोपबाट वञ्चित रहेको जानकारी दिनुभयो ।उहाँका अनुसार सरकारले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई स्वास्थ्य मन्त्रालयले खोपको व्यवस्था गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया