Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – पछिल्ला केहि दिनयता नेपालको आकाशमा लियोनार्ड नाम गरेको धूमकेतु देखिएको छ । यो धूमकेतु नेपालको आकाशमा बिहान सूर्योदय हुनुभन्दा केहि समयअघि उत्तर-पूर्वमा देख्न सकिने वरिष्ठ खगोलविद् जयन्त आचार्यले बताए ।

उक्त धूमकेतु आगामी बिहीबार पृथ्वीको सबैभन्दा नजिक आइपुग्ने भएकाले यसलाई नाङ्गै आँखाले पनि अवलोकन गर्न सकिने आचार्य बताउँछन् । वाइनाकुलर तथा टेलिस्कोप यन्त्रको माध्यमबाट हेर्दा यसको पुच्छरसमेत देख्न सकिने र यो करीब दुई लाख ५४ हजार किलोमिटर प्रतिघण्टाका दरले सूर्यको नजिकबाट हिँड्दै आइरहेको उनले बताए ।

लियोनार्ड धूमकेतु आज सूर्यको सबैभन्दा नजिक पुगेकाले यसलाई पृथ्वीबाट अवलोकन गर्न नसकिने उनी बताउँछन् । ‘वृहस्पतिको बाटोको नजिकबाट हिँडिरहेको यो धूमकेतु मंसिर २५ गतेसम्म नेपालबाट पूर्वी आकाशमा बिहान देख्न सकिन्छ‚’ उनले भने । यसले आफ्नो अक्षमा १२ वर्षमा एकपटक परिक्रमा गर्ने उनले बताए । यो धूमकेतु गतवर्ष मात्र पत्ता लागेको नविनतम धूमकेतु हो ।

तपाईको प्रतिक्रिया