Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका दुईजना पूर्वप्रहरी महानिरीक्षक(आइजिपी) र एक जना नेपाली सेनाका पूर्वजर्नेल निर्वाचित भएका छन् ।

पूर्वआइजिपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी पूर्वआइजिपी रवीन्द्र प्रताप शाह पुरुष तथा महिला खुल्ला ५७ जनामा १७ सय ४५ मतसहित चौथो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी पूर्वजर्नेल तथा स्पेनका लागि पूर्वनेपाली राजदूत भरत बहादुर रायमाझीले ११०९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया